जहाज दुर्घटनाका मृतकको शव टिचिङ अस्पताल ल्याइयाे (तस्वीर र भिडिओसहित)

काठमाडौँ । आइतबार मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ।

उनीहरूको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मुस्ताङको कोवाङबाट पोखरा हुँदै सोमबार काठमाडौँ ल्याइएको हो। मौसमको प्रतिकुलताका कारण बाँकी ११ वटा शवहरू घटनास्थलबाट बाहिर निकाल्न सकिएको छैन।

मृतकमध्ये आज १० जनाको शव ल्याइएको छ तर पोस्टमार्टम भने सबै शव ल्याइसकेपछि मात्र गरिने जनाइएको छ। आफन्तलाई शव , सम्पूर्ण कानुनी एवं मेडिकल प्रक्रिया सकिएपछि मात्र आफन्तले शव बुझ्न पाउने बताइएको छ। फोरेन्सिक विभागका अनुसार आफन्तले शव बुझ्न अझै ४ दिन लाग्नेछ।

विमानमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार थिए। अन्य ३ जना चालक दलका सदस्य थिए।
भिडिओ:

तस्वीरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =