तारा दुर्घटनामा मृत्यु भएका १० जनाकाे शव काठमाडाैँ ल्याइँदै
२०७९ जेठ १६ गते

काठमाडाैँ । तारा एअरकाे दुर्घटनास्थल मुस्ताङकाे थासाङ गाउँपालिका-२ बाट अहिलेसम्म २१ वटा शव भेटिएकाे छ ।
भेटिएका शवहरूमध्ये १० वटा शव आजै काठमाडाैँ ल्याउन लागिएकाे तारा एअरले जनाएकाे छ । तारा एअरले जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार अन्य ११ जनाकाे शव प्रतिकुल माैसमका कारण आधार शिविरमा ल्याउन गाह्राे भइरहेकाे छ ।
शवहरू काठमाडाैँ ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा पाेस्टमार्टम गरिने तारा एअरले जनाएकाे छ ।
शवहरू पाेस्टमार्टम पछि मात्रै परिवारजनलाई हस्तान्तरण गरिने छ ।

२०७९ जेठ १६ गते
प्रतिक्रिया








