सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन अभियान शुरू गर्ने

काठमाडाैँ । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान शुरू गर्ने घाेषणा गरेकाे छ । आइतबार संसद्‌मा आव २०७९/८० काे बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् । उनले पेश गरेकाे बजेटमा शर्माले ‘एलपी ग्याँस छोडाैँ, बिजुली जोडाैँ’ कार्यक्रम घोषणा गरेका हुन् ।

यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन शुरू गरिनेछ । आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =