कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट
२०७९ जेठ १५ गते

काठमाडाैँ । आगामी आर्थिक वर्षको बजेटमा कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ । सरकारका अर्थमन्त्री शर्माले संसद्मा आव २०७९/८० काे बजेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ‘आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष हुनेछ । नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गरिनेछ। कृषि आधुनिकीकरण परियोजनामा ५ अर्ब ९० करोड विनियोजन गरिएको छ,’ बजेटमा भनिएकाे छ ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








