पाँचखालको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडाैँ । काभ्रेको पाँचखाल नगरपालिकामा न‍ेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका महेश खरेल १२ हजार ८३६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत पाए।

उपमेयरमा भने एमालेकी सूर्यकुमारी दनुवार विजयी भएकी छन् । उनले ९ हजार ५३४ मत पाइन्। उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत पाएका छन्।

पाँचखालमा यसअघि कांग्रेसले नै जित हात पारेकाे थियाे । यहाँकाे उपप्रमुख भने कांग्रेसले गुमाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =