द–बङ टुर रिलोडेडको टिकट ग्यापुमार्फत किन्दा घरैमा डेलिभरी हुने
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७९ जेठ ८ गते
![द–बङ टुर रिलोडेडको टिकट ग्यापुमार्फत किन्दा घरैमा डेलिभरी हुने](https://www.makalukhabar.com/wp-content/uploads/2022/05/news-banner-dabaang-salman.jpg)
काठमाडौँ । नेपाली ई–कमर्स, ग्यापु मार्केट प्लेसले ‘द–बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।
दर्शकले ग्यापु डटकमबाट सजिलै टिकट प्रि–बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको आयोजकले जनाएको छ ।
यस्तै, ग्राहकले टिकट बुकिङ गरेपछि अनलाइन र अफलाइन दुवै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको जनाएको छ ।
‘द–बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।
सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समूह आउने भएका छन् । साथै नेपाली कलाकारहरूको पनि उपस्थिति रहनेछ । उक्त मनोरञ्जनात्मक कार्यक्रममा नृत्य र गीतसंगीतको भरपुर मजा लिन सकिने छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७९ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित