द–बङ टुर रिलोडेडको टिकट ग्यापुमार्फत किन्दा घरैमा डेलिभरी हुने

काठमाडौँ । नेपाली ई–कमर्स, ग्यापु मार्केट प्लेसले ‘द–बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।

दर्शकले ग्यापु डटकमबाट सजिलै टिकट प्रि–बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको आयोजकले जनाएको छ ।

यस्तै, ग्राहकले टिकट बुकिङ गरेपछि अनलाइन र अफलाइन दुवै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको जनाएको छ ।

‘द–बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समूह आउने भएका छन् । साथै नेपाली कलाकारहरूको पनि उपस्थिति रहनेछ । उक्त मनोरञ्जनात्मक कार्यक्रममा नृत्य र गीतसंगीतको भरपुर मजा लिन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *