पोखरा महानगरमा गठबन्धन उम्मेदवार आचार्यको अग्रता कायमै

पोखरा । स्थानीय निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम गरिरहेका छन् ।

महानगरको कुल ८८४५७ मत गन्दा मेयर उम्मेदवार आचार्यले ३५५८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेबाट मेयरका उम्मेद्वार कृष्ण थापाले ३२३२५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, राप्रपाका उम्मेद्वार शंकर खराल ३९८९ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै, खडकराज पौडेल (गनेस) २३६८ मतका साथ तेस्रो स्थानमा छन् ।

उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ३६०३९ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेकी मञ्जुदेवी गुरुङ्गले ३६८५४ मत र राप्रपाकी रन्जना कुमारी सेन पौडेलले ३८६४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =