विजय उत्सवको तयारीमा विराटनगरको आदर्श मावि बाहिर देखिएका दृश्य(तस्वीरहरू)
२०७९ जेठ ७ गते

विराटनगर । विराटनगर महानगरपालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। अन्तिम परिणाम सार्वजनिक भएसँगै दलहरू आफ्नो शक्ति देखाउन फेरी विजय जुलुस निकाल्नमा व्यस्त छन्।
विराटनगर महानगरपालिकाको मतगणनास्थल रहेको भवन आदर्श माध्यामिक विद्यालयमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्दै गर्दा बाहिर निक्कै चहलपहल थियो। कोही डिजेमा नाच्दै थिए भने कोही, आफ्नो पार्टीको नारा लगाउँदै विजय र्याली निकाल्ने तयारी गर्दै गरेको देखिए। जो कोही निर्वाचित भएर आएपनि यही विद्यालयको गेटदेखि नै नारा जुलुस र बाजागाजासहितको विजय र्याली शुरू हुन्छ।
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् भने नेकपा एमालेका शिल्पा निराला कार्की निर्वाचित भएकी छिन्।
शनिबार आदर्श माध्यामिक विद्यालयबाहिर फोटोमा यस्तो देखिएः
तस्वीरहरूः











२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित









