भरतपुरमा रेनु दाहालले एमालेकै भोटले बढाइन् अग्रता 

चितवन । भरतपुर महानगरपालिकाको वडा नं ११ र १२ को मतगणना भइरहेको छ । जुन वडा यसअघि नेकपा एमालेले जितेको वडा हो । यी दुई वडालाई एमालेको बाहुल्य बढी भएको वडामा राखिन्छ । भरतपुर १२ मा विजय सुवेदीको आफ्नो निवास पनि छ ।

भरतपुरमा एमाले र राप्रपाको तालमेलबाट मेयरमा उमेदवार बनेका विजय सुवेदीले एमालेको आधार वडा भनिएको भरतपुर ११ र १२ मा गठबन्धनबाट मेयर उमेदवार बनेकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । यसअघि एमालेले जितेको वडाहरू ९, १० र ११ मा विजय सुवेदीले रेनुभन्दा कम मत ल्याएपछि एमालेकै भोट रेनुलाई गएको हुनसक्नेमा दुई मत छैन ।

पछिल्लो मत परिणाम अनुसार रेनुले ३२२२ मतको अग्रता लिएकी छन् । भरतपुरमा यो समाचार तयार पार्दासम्म ५६ हजार ८४५ मत गणना भएको छ, जसमा रेनुले २१ हजार ४९२ मत पाएकी छन् । राप्रपासँग तालमेल गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले  १८ हजार २७० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत ल्याएका छन् ।

एमालेकै वडामा विजय सुवेदीलाई कम मत खसेपछि रेनुको अग्रता अझ बढ्ने आंकलन गरिएको छ । वडा नं ११ मा एमालेका वडाध्यक्षले पाएको मत भन्दा मेयरमा विजय सुवेदीले कम मत पाएका छन् ।

वडा नं ११ को ५ हजार ८ सय ९ मत गणना गर्दा वडाध्यक्षका एमाले उम्मेदवारले प्राप्त गरेको मतभन्दा सुवेदीले पाएको मत  साढे तीन सयकम भयो ।  विजयले अग्रता गर्छन् भनिएको वडामा एमालेको वडाध्यक्षले पाएको मतभन्दा सुवेदीलाई कम मत आएपछि एमालले विजयमा भोट नहालेको देखियो । यो वडामा विजयले भन्दा रेनुले झण्डै दुई सय बढी मत प्राप्त गरिन् ।

भरतपुर ११ मा एमाले उम्मेदवार कमल मल्लले २ हजार ४ सय ९९ मत प्राप्त गर्दा विजय सुवेदीले २ हजार १ सय ३१ मत प्राप्त गरे । अहिले पनि यस वडाको गणना भइरहेको छ । सुवेदीले वडाध्यक्षमा एमाले उम्मेदवारले पाए भन्दा ३ सय ६८ कम मत प्राप्त गरे ।

एमालेकै क्षेत्र भनिएको वडामा रेनुको अग्रता बढ्न थालेपछि एमाले वृत्तमा चर्चा परिचर्चा हुन थालेको छ । रेनुले एमालेकै भोट खाएपछि उनको अग्रता अझ चुलिने देखिएको छ ।

यसअघि एमालेले जितेको एमालेको प्रभाव क्षेत्र मानिने वडा नं १० मापनि एमालेका सुवेदीले अग्रता लिन सकेनन् । त्यो वडामा पनि रेनुले विजयभन्दा ११० मत बढी ल्याइन् । यस वडामा एमालेले धेरै आश गरेको थियो, तर सोचेजस्तो भएन । वडा नं ९, २ मा पनि एमालेले सोचेजति मत आउन सकेन ।

‘भरतपुर १०, ११ र १२ मा विजय सुवेदीले लिड गर्छन् कि भन्ने लागेको थियो, तर यहाँ पनि रेनु दाहालले लिड गरेकी छन्’ माओवादीका एक नेताले भने, ‘रेनुलाई बढी भोट आउने वडा नं १३, १४, २५, २६ लगायतका वडा गणना बाँकी नै छ । यसकारण मतान्तर गणनासँग अझै बढ्ने देखिन्छ ।’

रेनु दाहालले पनि पत्रकारहरूसँगको कुराकानीमा कम्तीमा ३ हजारदेखि ८ हजारसम्मको मतको अन्तरले आफूले जित्ने दावी गरिरहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =