धरानमा हर्क १,२९७ मतले अगाडि

इटहरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १ हजार २ सय ९७ मतान्तरले पछि पारेका छन् ।

याे समाचार बनाउँदासम्म सम्पन्न ३९ हजार ३ सय ५७ मत गणनाको नतिजाअनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् । यस्तै एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८ हजार ७ सय ३९ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले १२ हजार ३ सय ७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७ सय ६५ मत प्राप्त गरेका छन् । बेघा ६ सय ११ मतले अगाडि छन् । हाल वडा नं. ११, १३ र १४ को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =