हस्ताक्षर नभएको मतपत्र फेला परेपछि धरानको मतगणना रोकियो
२०७९ जेठ ४ गते

विराटनगर । धरान उपमहानगरपालिका जारी मतगणना स्थगित भएको छ। वडा नम्बर २० मा मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नै नभएको भेटिएपछि विवाद भएको हो ।
हस्ताक्षर नभएको मतपत्र नेकपा माओवादीको ११ वटा, नेपाली काँग्रेसको ४ वटा र नेकपा एमालेको ३ वटा गरी १८ मतपत्रमा हस्ताक्षर नभएको पाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हस्ताक्षर नभएको मतपत्र फेला परेपछि दलका कार्यकर्ताले विरोध र नाराबाजी गरेपछि मत गणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए । अहिले सबै वडाको मत गणना स्थगित भएको उनले जानकारी दिए ।
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








