ओलीको गृहनगरमा राप्रपा अगाडि
मकालु खबर
२०७९ जेठ ४ गते
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे क्षेत्रमा राप्रपा अगाडि देखिएकाे छ ।
झापास्थित दमक नगरपालिकामा राप्रपाले अग्रता हासिल गरेकाे हाे । दमकमा राप्रपाका मेयर उम्मेदवार राम कुमार थापाले १००६४ मतसहित अग्रता हासिल गरेका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार गीता कुमारी पाैडेलले १००४९ मतसहित उनलाई पछ्याइरहेकी छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार याम बहादुर लिम्बूले २१५ मत प्राप्त गरेका छन् ।
मकालु खबर
२०७९ जेठ ४ गते
प्रतिक्रिया