भरतपुरमा रेनुले लिइन् झण्डै २ सय मतकाे अग्रता

काठमाडाैँ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

महानगरमा १९ हजार ३ सय ८३ मत गनिसक्दा दाहालले ६५२४ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६३२६ मत ल्याएका छन्।

पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा रेनुको अग्रता १९८ मत छ।

उता स्वतन्त्रतर्फका उम्मेदवार जगन्नाथ पौडेलले ३१८१ मत ल्याएका छन् ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =