भरतपुर महानगरमा रेनुको अग्रता कायमै
मकालु खबर
२०७९ जेठ ३ गते
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवारबीच अघिपछि हुने खेल चलिरहेको छ ।
बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गरेकी छन् । रेनुले ६०१९ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५९५६ मत पाएका छन् । रेनु ६३ मतले मात्र अगाडि छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् ।
उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ७३४६ र राप्रपाकी हिमला गुरुङले ४८८३ मत पाएकी छन् ।
मकालु खबर
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित