काठमाडौँ २ मा एमालेको प्यानल विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरेका छन्। वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ।

पन्ध्र हजार ५५१ मत गणना हुँदा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले छ हजार १६ मतसहित अग्रता कायम गरिरहेका छन्। एमालेका केशव स्थापितले तीन हजार १४१, कांग्रेसका सिर्जना सिंहले दुई हजार ७८१ र राप्रपाका मदनदास श्रेष्ठले ५५३ मत प्राप्त गरेका छन्। ५१२ मत बदर भएको छ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले अग्रता कायमै राखेकी छन्। डङ्गोलले ६ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ। वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *