गोकर्णेश्वरमा एमालेको मतान्तर घट्यो, अग्रता कायमै

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकामा एमालेको मतान्तर घटेको छ । ३ वटा वडाको परिणाम सार्वजनिक हुँदासम्म निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेससँग मेयरमा ७०३ र उपमेयरमा ५०६ को अग्रता बनाएको एमालेले वडा नम्बर ४ को मतगणना सकिँदा त्यो अन्तर कायम राख्न सकेन ।

४ वटा वडाको मतपरिणाम सार्वजनिक भइसक्दा एमालेमा मेयर उद्धव विष्ट ४५७० मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका दीपक कुमार रिसालले ४४०४ मतका साथ पछ्याइरहेका छन् । यी दुई बिचमा १६६ मतको फरक छ।

यसैगरी उपमेयरमा एमालेकी सान्नानी लामा ४४६७ मतसहित अघि छिन् । उनलाई कांग्रेसककै शान्ति नेपालले ४०१७ मतका साथ पछ्याइ रहेकी छन् । यिनीहरूको ४५० मतको फरक छ ।

वडा नम्बर ४ लाई आफ्नो पकड क्षेत्र मान्ने एमालेले ४ मै नराम्रो झड्का ब्यहोर्यो । त्यहाँ एमालेका वडा अध्यक्षका उम्मेदवारलाई कांग्रेसका बागी स्वतन्त्र उम्मेदवारले हराइदिए भने मेयर र उपमेयरमा पनि कांग्रेसले अत्यधिक मत पायो ।

नगरपालिका को अत्याघिक मतभार भएका ५,६ र ८ वडाको मत नै यस पालिकाको निर्णायक मत हुनेछ । अहिले वडा नम्बर ५ को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =