भरतपुरमा विजयले गरे लिड, रेनु ३३ मतले पछाडि

काठमाडौँ । चितवनकाे भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रता बनाएका छन् । करिब एक घण्टाअघि तीन मतले अग्रता बनाएका उनले पछिल्लो समय ३३ मतको अग्रता बनाएका हुन् ।

११ हजार ७ मत गनिसक्दा सुवेदीले ३ हजार ८३८ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८०५ मत पाएकी छन् । प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४ हजार ३५२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २ हजार ९९८ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =