गोकर्णेश्वर -४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार महतले मारे बाजी

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । महतले मुख्य राजनैतिक दलका उम्मेदवारलाई पछि पार्दै १०२७ मतसहित वडा अध्यक्ष जितेका हुन् ।

महतको जितसँगै, ३ वटा वडामा प्यानल नै जित्दै आएको एमालेको विजयी यात्रामा अल्पविराम लागेको छ । वडाको अन्य सदस्यहरूमा कांग्रेसले दलित महिला सदस्यसमेत गरी २ खुल्ला सदस्य र एमालेले १ महिला सदस्य जितेको छ ।

०४९ सालदेखि स्थानीय निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रमा यो पटक स्वतन्त्र उम्मेदवारले जित निकालेका हुन् । अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका महतले यो पटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ (ख०)का प्रदेश सचिव थिए । उनलाई नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले समर्थन समेत गरेर वडामा गठबन्धन गरेको थियो ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत प्राप्त गरे । श्रेष्ठ, ०७४ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित निवर्तमान वडा अध्यक्ष समेत हुन् । यस्तै कांग्रेसका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले ७९४ मत प्राप्त गरे । नगरपालिकामा ४ वटा वडा को मत परिणाम सकिँदासम्म नेकपा एमाले, मेयर र उपमेयरमा झिनो मतान्तरसहित अग्रस्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =