भरतपुरमा रेनुसँगकाे मतान्तर साँघुरो बनाउँदै विजय सुवेदी
२०७९ जेठ १ गते

चितवन । सामान्य विवादपछि भरतपुर महानगरको मतगणना फेरि सुरु गरिएको छ । हालसम्म भरतपुर महानगरपालिकाको ५ हजार ५७७ मत गणना सकिएको छ ।
पछिल्लो मतगणनाअनुसार एमालेका उमेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तर घटाउँदै लगेका छन् । पछिल्लो गणनाअनुसार अब विजय सुुवेदी र रेनुबीच ४६ मतको अन्तर छ । अर्थात् विजय सुवेदीको भन्दा रेनु जम्मा ४६ मत बढी छ । रेनुले १९६७ मत ल्याउँदा सुवेदीले १९२१ मत पाएका छन् ।
जगन्नाथ खतिवडाले ६४६ मत पाएका छन् । खतिवडा काँग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उमेदवारी दिएका हुन् ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









