स्थानीय तह निर्वाचनकाे मतगणना जारी, ३५ हजार बढी प्रतिनिधि छानिने

काठमाडाैँ । स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ ।

मतगणनाका क्रममा केही स्थानको नतिजासमेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना स्थलहरूलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो ।

निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक/एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =