भोजपुरको साल्पासिलिछो गाउँपालिका १ मा कांग्रेस विजयी
२०७९ वैशाख ३१ गते

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर नं. १ मा नेपाली कांग्रेसका गणेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याए ।
यस्तै वडासदस्यहरुमा एमालेका १ र नेपाली कांग्रेसका ३ जना निर्वाचित भएको साल्पासिलिछो गाउँपालिकाका निवाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया









