भरतपुरको मतगणना सुरु, वडा नम्बर १ बाट गन्न थालियो मत
२०७९ वैशाख ३१ गते

फाइल फोटो
चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजे गणना सुरु गर्ने भनिए पनि लामो छलफलका कारण गणना तीन घन्टा ढिला भएको हो ।
वार्ड नम्बर १ को रामनगर मावि र आदिकवि भानुभक्त माविमा खसेको मतको गणना भइरहेको छ ।
वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्र सी ब्लकमा मतगणना गरिएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्रबाट जगन्नाथ पौडेललगायतको उमेदवारी रहेको छ ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









