धनगढी उपमहानरका मेयर उम्मेदवार वडले गरे मतदान

धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत वडा नम्बर ६ स्थित बासुदेवी माविको मतदान केन्द्र मतदान गरेका हुन् । निवर्तमान नगरप्रमुखसमेत रहेका वड दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् ।

नगरप्रमुखमा वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीनै जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =