प्रचण्डविरुद्ध चितवनमा उजुरी, प्रमाण नपुगेको भन्दै दरपीठ

चितवन । चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी परेको छ ।

भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुर गएर उनीविरुद्ध लिखित उजुरी दिएका थिए ।

उनीसहित बहालवाला तीन मन्त्रीविरुद्ध पनि उजुरी परेको छ । महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध उजुरी परेको
छ ।

उनीहरूमाथि परेको उजुरी दरपीठ भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =