काठमाडाैँ महानगरकाे मतगणना राष्ट्रियसभा गृहमा हुने, तयारी गरिँदै (तस्वीर)
२०७९ वैशाख २९ गते
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा सिसिटिभी जडान गरिएको छ ।
मतगणनास्थानमा सिसिटिभी जडान गर्ने निर्वाचन आयोगको योजना अनुसार नै सभागृहमा सिसिटिभी जडान गरिएको हो । त्यस्तै, मतगणनाको सुरक्षा व्यवस्थापनका लागि तार जाली राखिएको छ ।
राष्ट्रिय सभाभित्र एक साथै पाँच भन्दा धेरै ठाँउमा मतगणना हुनेछ । मतपेटिका राख्ने ठाउँदेखि गणना हुने ठाउँ सिसिटिभीको पूर्ण निगरानीमा रहने काठमाडाैँका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । उनले मतगणनाको उचित सुरक्षाको सवै व्यवस्था काठमाडाैँ जिल्लाभरि गरिएको बताए ।
मतगणनालाई निष्पक्ष बनाउन देशका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको हो ।
२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित