मैले राजनीति छाेडेकाे हैन, पदमात्रै नलिएकाे हुँ : सिर्जना सिंह

काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले आफूले राजनीतिक नछाडेको भन्दै पदमात्र नलिएको बताएकी छन् ।

कांग्रेस सुदूरपश्चिम–काठमाडौँ महानगरपालिका चुनाव प्रचार–प्रसार तथा परिचालन समितिले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारीका विषयमा अफवाह फैलाइरहेको भन्दै आफू राजनीतिमा नै सक्रिय रहेको बताएकी हुन् ।

राजनीतिक र घरलाई सँगै अघि बढाउनुपर्दा पदमा मात्र नबसेको उनको भनाई छ । उनले नेपाल महिला संघ र महिला अधिकारकर्मीले आफूलाई अगाडि आउन प्रेरित गरेकाले आफूले अहिले मेयर पदमा उम्मेदवारी दिएको धारणा राखिन् ।

सिंहले पार्टीले प्रस्ताव गरेपछि संकल्प तयार पारेको उल्लेख गरिन् । उनले महानगरलाई सुशासनका साथै चुस्त सेवा प्रदान गरिने बताइन् ।

उनले आफूले सार्वजनिक गरेका संकल्पहरूलाई पूरा गरेरै छाड्ने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =