सीजीको २० औं सोरूम बसुन्धरमा

काठमाडौँ । सीजी नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । सीजीले बसुन्धरामा २० औं सोरूम सञ्चालनमा ल्याएको हो ।
सीजीले बसुन्धराको विशाल भवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । विशिष्ट अतिथिहरू र मिडियाकर्मीमाझ गोदरेज अपलाइन्सका प्रमुख सलाम सिंह तथा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सोरुमको उद्घाटन गरेका थिए ।
सोरूमा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु जस्तै एलजी, सीजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका,ब्ल्याक-डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७ सय भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।
सोरूम शुभारम्भको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा बिशेष छुट र पक्का उपहारहरू प्रदान गर्ने पनी जनाएको छ । साथै, ग्राहक बर्गलाई मध्यनजर गर्दै फ्री डेलिभरी, लोयल्टी प्रोग्राम, फ्री इन्स्टलेसन, डेमो, शुन्य प्रतिशत व्याज दरमा किस्ताबन्दी, एक्स्चेन्ज अफर जस्ता सुविधाहरु समेत उपलब्ध गराएको छ।
कम्पनी स्वामित्वको यो २० औं सोरूम रहेको र आगामी दिनहरुमा पनि देशका बिभिन्न शहरहरुमा यसरी नै विस्तार गर्दै जाने र अझै ग्राहक बर्ग नजिक पुग्ने सीजी डिजिटलको लक्ष्य रहेको छ ।








