मोटरसाइकल चोरीमा संलग्न १ जना पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडाैँ तार्केश्वर नगरपालिका वडा नं ५ लोलाङ हाईटकाे सडक खण्डबाट सुदास लामालाई पक्राउ गरेकाे हाे ।

मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ घर भएका उनलाई लु ६४ प ७३७५ (वास्तविक नम्बर परिवर्तन) नम्बरकाे कालो निलो २२० सीसीको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५ प १०१० रहेको खुल्न आएको छ ।

मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप बस्ने नवराज घिमिरेकाे घरबाट हराएको थियाे ।

पक्राउ गरिएको व्यक्ति र मोटरसाइकल चोरी मुद्दाकाे अनुसन्धानका लागि प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय ट्राफिक कार्यालयले उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान चलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =