काठमाडौँको रूपान्तरण गर्ने स्वतन्त्र उम्मेदवार सुशील थापाकाे दाबी
२०७९ वैशाख १३ गते

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुशील थापाले काठमाडौँको रूपान्तरणका लागि काम गर्ने दावी गरेका छन् ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रूपान्तरणका लागि काम गर्ने दावी गरेका हुन् ।
लामो समय महानगरको बिकासका लागि धेरै काम गर्ने प्रतिबद्धता आएपनि पूरा हुन नसक्नु दुखद भएको भन्दै उनले अब पार्टीमा सरोकार नराखी महानगरको विकास गर्नुपर्ने जिकिर गरे । उनले सबै दलहरू एकातर्फ र अर्कोतर्फ आफ्नो स्वतन्त्र उम्मेदवारी रहेकाले सफल हुने उल्लेख गरे ।
त्यस्तै, महानगरकी स्वतन्त्र उम्मेदवार रिङ्कु श्रेष्ठले महानगरका चार प्राथमिकता सेवा र सुरक्षा , वातावरण, विकास र व्यवसाय तथा संस्कृति र सम्पदा रहेको बताए ।
२०७९ वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित









