जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताएकी छन् ।

मंगलबार आफ्नै निवास चाक्सीवारिमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनाहरूलाई पूरा गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनले राजधानी काठमाडौंंलाई सबैको साझा सहर र सुरक्षित सहर बनाउने दाबी गरिन् ।

महिलाले राम्रोसँग घर चलाएसँगै काठमाडौँ महानगरलाई सफा सुग्घर तवरले चलाएर देखाउने उनको भनाई छ ।

त्यस्तै, कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । उनले मुलुकको परिवर्तनमा महिलाहरूले धेरै योगदान गरेको भन्दै अव पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राखिन् ।

त्यस्तै, काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ महानगरमा विकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्ने बताइन् । उनले काठमाडौँलाई सांस्कृतिक सहरको रूपमा अघि बढाउनुपर्ने बताइन् ।

कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगायतले पनि सिंहलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 14 =