उपसचिवबाट राजीनामा दिएका भुसालले टिकट नपाएपछि भने- ‘राजनीति सम्भावनाकाे खेल रहेछ’

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकाकाे मेयरमा लड्न भन्दै नेपाल सरकारकाे उपसचिव पदबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । मेयरमा उठ्न भनेर राजीनामा दिएर नवलपुर हान्निएका उनलाई नेपाली कांग्रेसले साेमबार मनाेनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नै दिएन । यसपछि उनी ‘भुइँकाे टिप्न खाेज्दा पाेल्टाेकाे पनि गुम्याे’ भनेझैँ भएका छन् ।

टिकट नपाएपछि उनले उम्मेदवारी दर्ता गर्न पाएनन् । यसपछि उनले मकालुखबरसँग भनेका छन्, ‘राजनीति भनेकाे सम्भावनाकाे खेल रहेछ । राजनीति भनेकाे गाह्राे हुँदाे रहेछ । सम्भावनाकाे खेल भएकै कारण मैले टिकट पाइनँ ।’

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा समेत काम गरेका थिए । देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।

यस्ताे अवस्थामा उनले टिकट लिन सकेनन् । भुसालले दिएकाे राजीनामा भने स्वीकृत भइसकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =