५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

काठमाडौँ । ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ बंगलाचुली गाउँपालिका-३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =