एमालेबाट काठमाडौंका मेयरमा केशव स्थापित, उपमेयर सुनिता डंगोल
२०७९ वैशाख १० गते

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने भएको छ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो ।
त्यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।
उनी पूर्व मिस नेवा हुन्।
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









