महानगरको उम्मेदवारबारे छलफल गर्न कांग्रेस नेताहरुको बैठक सुरु
२०७९ वैशाख १० गते

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बैठक बसेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको शीर्ष नेताको बैठकमा नेता डा. शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।
शीर्ष नेताबीच सहमति जुटेपछि आज नै कार्यसम्पादन समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ ।
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









