चोरी भएका ८ स्कुटरसहित ६ जनाको गिरोह पक्राउ
२०७९ वैशाख १० गते

काठमाडौँ । राजधानीका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटरसहित चोरीमा संलग्न ६ जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार १ थान स्कुटरसहित चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेको धुलिखेल नगरपालिका घर भएका १८ वर्षीय युवकलाई पक्राउ गरेको हो। साथै, प्रहरीको नियन्त्रणमा आएका उही युवककामार्फत् चोरीमा संलग्न अन्य ५जनालाई पनि प्रहरीले गिरफ्तार गरेको छ। १ थान चोरी भएको स्कुटरसहित फेला परेका सो युवकमाथि अनुसन्धान गर्दै जाँदा अन्य ७ थान स्कुटरसमेत चोरी गरेको खुल्न आएको हो भने चोरीमा संलग्न उनीहरूको जम्मा ६ जनाको गिरोहलाई नै प्रहरीले पक्राउ गर्न सफल भएको हो।
उनीहरूमाथि चोरीको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान अघि बढाएको छ।
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








