बाहालावाला पदाधिकारीले स्थानीय तहमा उम्मेदवार बन्न राजीनामा दिनैपर्ने

काठमाडाैँ । आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको छ ।

निर्वाचन आयोगको यो व्यवस्था खारेज गर्न माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएपछि बाहालवाला पदाधिकारीले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन मिल्ने भएकाे हाे ।

न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा यो रिटमाथि अन्तिम सुनुवाइ भएको हो ।

यसअघि प्रारम्भिक सुनुवाइमा सर्वाेच्चले आयोगसँग लिखित जवाफ माग गरेको थियो । निर्वाचन आयोगले यो रिट खारेज गर्न समेत माग गर्दै निवेदन दिएको थियो ।

अध्यक्ष शेर्पाले भने हालका जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवार बन्न पाउनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =