माओवादी प्रचार सामग्री : तीव्र आलाेचनापछि हट्याे कुलमानकाे तस्बिर

काठमाडाैँ । तीव्र आलाेचना भएपछि सत्ता साझेदार दल माओवादी केन्द्रले आफ्नाे चुनावी प्रचारप्रसार सामग्रीमा राखेकाे विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे तस्बिर हटाएकाे छ । ‘भाेट फर सीपीएन माओईस्ट’ लेखिएकाे सामग्रीमा कुलमानकाे तस्बिरसमेत राखिएपछि तीव्र भएकाे थियाे । यसपछि कुलमानकाे तस्बिर हटाइएकाे हाे ।
कुलमानकाे सँगै पूर्वऊर्जामन्त्री जनार्दन शर्माकाे पनि तस्बिर हटाइएकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे आधिकारिक फेसबूक पेजमार्फत सार्वजनिक गरिएकाे उक्त तस्बिरमा अहिले भने प्रचण्डकाे मात्रै तस्बि राखिएकाे छ ।
यसअघि उक्त सामग्रीबारे मकालुखबरले राखेकाे जिज्ञासामा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सच्याउने बताएका थिए । कुलमानले पनि आफ्नाे विमति रहेकाे बताएका थिए ।
♦ याे पनि:
माओवादीकाे चुनावी प्रचार सामग्रीमा कुलमानकाे तस्बिर, कुलमान भन्छन्- ‘मेराे विमति छ’








