निर्वाचन आयोगले बोलायो ७९ दललाई

काठमाडौँ । निर्वाचन आयोगले दलहरूसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो ।

छलफलमा स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा दलहरूबाट प्रतिबद्धता लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =