स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ दलहरूले आसन्न स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेका छन् । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेकाे सत्तारूढ दलहरूकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकमाले महानगरपालिकामा केन्द्रबाट र उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा सम्बन्धित तहबाटै तालमेलको निर्णय गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । निर्वाचन समन्वयका लागि तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठक अझै पनि बस्ने उनले बताएका छन् । “स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट, अन्य पालिकाका लागि तलै निर्णय गर्न सबै दलको संयन्त्र बनाउने सहमति भएको छ,” नेता खनालले भने, ‘बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने समझदारी भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =