नेपाली कांग्रेसले मात्रै देश निर्माण गर्न सक्छ : नेविसंघ अध्यक्ष शेर्पा (भिडिओसहित)

काठमाडाैँ । नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसले मात्रै देश निर्माण गर्न सक्ने दाबी गरेका छन् । शुक्रबार पदभार ग्रहण गर्दै शेर्पाले यस्ताे बताएका हुनु । ‘विगतमा कम्युनिष्टले दुईतिहाइकाे नारा दिएर जसरी बर्बाद मात्रै गर्ने काम गर्‍याे, यस्ताे काम कांग्रेसले गर्दैन,’ अध्यक्ष शेर्पाले भनेका छन्, ‘हामीले देख्याैँ हिजाे त्याे कुरा । अब देश निर्माण कांग्रेसले मात्रै गर्न सक्छ भन्ने भाष्य जनताहरूले बुझिसकेका छन् ।’

यस्तै उनले आफ्नाे कार्यकालमा ५ लाखभन्दा बढी विद्यार्थीहरू नेविसंघमा जाेडिने दाबी गरे । ‘नेपाल विद्यार्थी संघमा अब मेराे कार्यकालमा ५ लाखभन्दा धेरै विद्यार्थीहरू जाेडिनेछन् । त्यसपछि शिक्षा, स्वास्थ्यलगायतका विषयमा आवाजहरू उठ्ने छन् र सिङ्गाे नेपाली कांग्रेसलाई मजबुत बनाउने काममा जुट्नेछन्,’ उनले भनेका छन् ।

यस्तै उनले ताेकिएकै समयमा आफूले अधिवेशन गराउने बचन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =