पुनः बढ्याे पेट्राेलिमय पदार्थकाे मूल्य
२०७८ चैत २ गते

काठमाडौँ । नेपाल आयल निगमले इन्धन पुनः मूल्यवृद्धि गरेकाे छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे हाे ।
निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।
बढेको मूल्यअनुसार अब पेट्रोलकाे मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर बढाएर १४९५ कायम गरिएको छ ।

२०७८ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








