केयूकेएलको महसुल ई-सेवाबाट भुक्तानी गर्न सकिने
२०७८ चैत १ गते

काठमाडाैँ । काठमाडाैँ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को खानेपानी महसुल ईसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।
खानेपानी महसुल भुक्तानी सम्झौतापत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयूएलका तर्फबाट कामु उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।
योसँगै ईसेवामार्फत केयूकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, बानेश्वर, महांकालचौर, ललितपुर, महाराजगन्ज शाखाका ग्राहकले ईसेवाबाटै महसुल भुक्तानी गर्न सक्नेछन् ।
ईसेवा प्रयोगकर्ताले मोबाइलबाटै सिधै शुल्क भुक्तानी गर्न सक्ने र ईसेवा एकाउन्ट नभएका ग्राहकहरूले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सक्ने ईसेवाले जनाएको छ ।
२०७८ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








