आगोमा नपोली इट्टा बनाउने प्रविधि नेपाली बजारमा

काठमाडौँ । आगोमा नपोली कोरियन प्रविधिबाट वातावरणमैत्री इट्टा बनाउने ‘गुड ब्रिक्स सिस्टम’ इन्नोसिएसआर कम्पनीले नेपालमा भित्र्याएको छ । विभिन्न मुलुकमा वातावरणमैत्री निर्माण सामाग्री उत्पादन विस्तार गर्दै आएको इन्नोसिएसाअरले नेपालमा ‘गुड ब्रिक्स सिस्टम’ विस्तार गरेको हो ।

यो इट्टाको उद्योग सञ्चालन गर्न चाहने उद्योग व्यवसायीका लागि जनशक्ति तालिम, माटो परीक्षण, उपकरणको समन्वय सँगै बजारीकरणमा सहयोग गर्दै आएको छ । व्यवसायीले उत्पादन क्षमता अनुसार ४० लाख देखि डेढ करोड रुपैयाँ लगानीमा उद्योग सुरु गर्न सक्नेछन् । हाम्रो मुलुक विद्युतमा आत्मनिर्भर हुन थालिसकेको छ । बाहिरी मुलुकलाई विद्युत् निर्यात गर्नुको साटो त्यो ऊर्जा नेपालमै खपत गर्नका लागि यो प्रविधि उपयोगी रहेको छ ।

पूर्ण स्वचालित हाइड्रोलिक प्रेस मेसिनले एक प्रेसमा १८ वटा इट्टा उत्पादन गर्ने क्षमता राख्दछ । यो प्रविधि मार्फत दैनिक ४० हजार वटा सम्म इट्टा उत्पादन गर्न सकिन्छ भने वार्षिक करिब डेढ करोड वटा सम्म इट्टा उत्पादन गर्न सकिन्छ । मौसमी प्रभाव नपर्ने यो प्रविधि मार्फत ३ सय ६५ दिन नै उत्पादन लिन सकिन्छ ।

यो प्रविधिमा इट्टालाई पकाउन नपर्ने र यसमा कोइला लगायत अन्य जैविक इन्धनको प्रयोग नहुनाले यो पूर्ण रूपमा वातावरणमैत्री प्रविधि रहेको वातावरणविद् धर्मराज केसीले बताउँछन् । इट्टाको निर्माणमा माटो, सिमेन्ट र सोयल स्टेब्लाइजरको प्रयोग हुन्छ । कम्पनीको भक्तपुरमा रहेको आधिकारिक परीक्षण केन्द्रमा माटो देखि इट्टाको अवस्था र क्षमता परीक्षण गरिन्छ । सोयल स्टेब्लाइजरको प्रयोगले सिमेन्ट र माटोलाई मजबुतसँग जोड्छ । सोयल स्टेबलाइजर अर्ग्यानिक हुने हुँदा साइड इफेक्ट हुँदैन ।

यो प्रविधिमा गोरखा, भक्तपुर र गाईघाटमा उद्योग सञ्चालनमा आइसकेका छन् । सुदूरपश्चिममा पाइपलाइनमा रहेको छ। यो प्रविधिबाट तयार गरिएको इट्टा प्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । ग्राहक सेवा सहजतालाई मध्यनजर गर्दै छिट्टै कम्पनीले सातै प्रदेशमा उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

पछिल्लो समय यो इट्टाको माग क्रमिक रूपमा वृद्धि हुँदै आएको गोरखा स्थित गुड ब्रिक्स सिस्टम उद्योग ‘गोरखा इनोटेक प्राली’का सञ्चालक विकास श्रेष्ठको भनाइ छ । पछिल्लो समय सर्वसाधारणले इट्टा प्रति चासो बढाउँदै आएका छन् ।

सुरुमा इट्टा भट्टा उद्योग सञ्चालनमा ल्याउने योजना रहेपनि यो प्रविधि वातावरणमैत्री र कम जनशक्तिमा सञ्चालन गर्न सकिने भएकाले इन्नोसिएसाअर सँग सहकार्य गरी गोरखामा विकास श्रेष्ठले उद्योग सञ्चालनमा ल्याएका छन् । यो प्रविधि निकै आवश्यक छ। वातावरण मैत्री, ध्वनि र धुवाँ रहित प्रविधि सँगै ८/१० रोपनी क्षेत्रफलमा पनि सञ्चालन गर्न सकिने भएकाले यो उद्योगीका लागि निकै सहज छ ।

कोरियामा २००८ मा स्थापना भएको इनो सिएसआरले कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, चाइना, नेपाल लगायत विश्वभरका विभिन्न मुलुकका निजी र सरकारी क्षेत्रमा ‘सस्टेनेवल इम्प्याक्ट टेक्नोलोजी सोलुसन’को काम गर्दै आएको छ । सन् २०१८ मा नेपाल प्रवेश गरेको यो कम्पनीले करिब दुई वर्ष आवश्यक अध्ययन गरेपछि इट्टा उत्पादन सुरु गरेको हो । कम्पनीले सोयल इस्टेब्लाइजरकै प्रयोगमार्फत सडक तयारका लागि गृहकार्य सुरु गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =