सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा
२०७८ फागुन ३० गते

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो ।
मतदानमा १७८३ मत खसेको थियो । लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् ।
२०७८ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित









