ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु
२०७८ फागुन २३ गते

काठमाडौँ । ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु भएको छ । कोन्जेसोम गाउँपालिका-४ नल्लुकी काइँली स्याङतानको घरका पाँचजनाको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।
‘एकै परिवारका चार जना मृत र दुई जना अचेत अवस्थामा भेटिएकोमा अचेतमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको पाइयो’ पोखरेलले भने, ‘परिवारका सबैजना सुतेका रहेछन्,’ उनले भने, ‘बिहान स्थानीयबासिन्दाले मृत र अचेत अवस्थामा फेला परेको भनेर खबर गरेपछि प्रहरी पुगेको छ ।’
‘घटनास्थलमा हामी पुग्दैछौं, फरेन्सिक डाक्टरसहितको टोली लिएर हिँडेका छौं,’ उनले भने ।
२०७८ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित









