यसपटक सानदार ढङ्गले जित्छाैँ र ५ वर्ष सरकार चलाउँछाैँ : महामन्त्री थापा
२०७८ फागुन २१ गते

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय चुनाव निर्धारित समयमै हुने दाबी गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी यूनियनको अधिवेशनलाई सम्बाेधन गर्दै महामन्त्री थापाले यस्ताे बताएका हुन् । ‘स्थानीय निर्वाचन तलमाथि हुँदैन,’ महामन्त्री थापाले भने, ‘बैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ ।’
यस्तै महामन्त्री थापाले यसपटक कांग्रेसले सानदार ढङ्गले जितेर आएर सरकार चलाउने दाबी गरेका छन् । ‘चुनाव मात्रै गराउँदैनाैँ, सानदार ढङ्गले जितेर आएर सरकार पनि चलाउँछाैँ ।’
महामन्त्री थापाले कांग्रेसलाई एकढिक्का बनाएर लाने आफूहरूकाे पहिले प्राथमिकता भएकाे बताए ।
२०७८ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








