एसएस फाउन्डेसनद्वारा दोलखाका ८ विद्यालयलाई २१ सय झोला प्रदान

काठमाडौँ । एसएस फाउन्डेसन दोलखाले आठवटा विद्यालयलाई २१ सयवटा स्कुलझोलाहस्तान्तरण गरेको छ। दोलखा जिल्लाको विभिन्न स्थानमा अवस्थित विद्यालयलाई फाउन्डेसनले बुधबार उक्त झोला सहयोग गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले बुधबार दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण गरे। राणाले एसएस फाउन्डेसनले सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि विद्यालयले बालबालिकाको लागि आपतविपतमा साथ दिँदै जाओस् भन्दै एसएस फाउन्डेसनलाई धन्यवाद दिए।

अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देशभर एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए।

यसअघि एसएस फाउन्डेसनले डोटीको के. आई. सिंह गाउँपालिका– ४ मा अवस्थित झिमे मालिका विद्यालयलाई पनि आठ सय झोला वितरण गरेको थियो।

विद्यालयको नाम
१. बैतेश्वर माध्यमिक विद्यालय, नाम्दु
२. श्री शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर
३. श्री मानेडाँडा प्राथमिक विद्यालय, भिमेश्वर
४. श्री गर्जाङढुङ्गा माध्यमिक विद्यालय, जिरी
५. कुटिडाँडा माध्यमिक विद्यालय, मकैवारी
६. श्री क्षमावती माध्यमिक विधालय, भिमेश्वर
७. श्री शान्ति आदर्श माध्यमिक विधालय, बिगु
८. बुलुंग खानी प्राथामिक विधालय, बिगु–३, बुलुंग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =