रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय कार्य समितिमा मनोनीत गरेका छन् । उनले आज पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठकाअनुसार मनोनीत हुनेहरूमा लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौँ, प्रेक्षा मल्ल धनुषा, मिना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेतका छन् ।

यसैगरी स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मिना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँलाई मनोनीत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =