एमसीसी पारित हुँदा नाराबाजीमै रहेकाे एमाले वक्तव्यमार्फत धारणा सार्वजनिक गर्दै
२०७८ फागुन १७ गते

फाइल
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेले पत्रकार सम्मेलनमार्फत एमसीसीबारे आफ्नाे धारणा सार्वजनिक गर्दैछ । एमालेले मंगलबार तीनकुनेस्थित राेयल बैंक्वेटमा पत्रकार सम्मेलन गरी आफ्नाे धारणा सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
पत्रकार सम्मेलनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्ने सचिव अधिकारीले बताए । उनकाअनुसार एमसीसीसँगै सरकारकाे कामबारे पनि ओलीले संक्षिप्तमा टिप्पणी गर्नेछन् ।
गत फागुन १५ गते नेपालकाे संसद्बाट पारित भएकाे एमसीसीबारे प्रतिपक्षकाे भूमिकामा रहेयता एमालेले केही बाेलेकाे छैन । साउन २३ यताका सबै संसद् बैठकहरू अवरुद्ध गर्दै आएकाे एमालेले १५ गते पनि नाराबाजी नै गरेकाे थियाे ।
तर, अहिले पारित भइसकेकाे अवस्थामा एमालेले आफ्नाे पार्टीकाे आधिकारिक धारणा सार्वजनिक गर्न लागेकाे हाे ।
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








